मोटरसाईकल दुर्घटनामा परी लिम्बुको मृत्यु

मोटरसाईकल दुर्घटनामा परी लिम्बुको मृत्यु

विराटनगर । मोरङ लेटाङ ९ का ४५ बर्षीय रबिन्द्र कुमार लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । गएराती साढे १२ बजे लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बुको मृत्यु भएको हो ।

दुर्घटनापछि उनी गम्भिर घाईते थिए । चालक लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । उनी नेपाली काँग्रेसका युवा नेताको रुपमा स्थानीयस्तरमा परिचित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्