कोशी अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू, २ केजीको ट्युमरको सफल शल्यक्रिया

कोशी अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू, २ केजीको ट्युमरको सफल शल्यक्रिया

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पातलमा न्यूरो सर्जरी सेवा सुरू भएको छ । कोशी अस्पतालका न्यूरो सर्जन डा. रोशन खतिवडाको टिमले न्युरो सर्जरी सम्बन्धी सेवा सुरु गरेको हो ।

न्युरो सर्जरी सेवा सुरु भएसँगै मोरङको रंगेलीका एक जना किशोरको टाउको पछाडी रहेको दुई केजीको नशाको ट्युमरको सफल शल्यक्रिया भएको छ । रंगेली नगरपालिका २ बबियाविर्ताका १८ वर्षिय रघुनाथ मुडियारीको टाउकोको पछाडी रहेको ट्युमर निकालिएको हो ।
उपचारको लागि वर्षौदेखि विभिन्न अस्पतालमा जाने गरेपनि कुनै अस्पतालमा उपचार हुन नसकेपछि पीडा सहर नै बसिरहेका थिए । तर, कोशीमा सल्याक्रिया सुरु भएपछि सफल उपचार भएको छ ।

डा. खतिवडाको टिमले दुई घन्टा लगाएर उक्त ट्युमरको सफल शल्यक्रिया गरेको थियो । शल्यक्रिया पछि बिरामीको अवस्था अहिले स्थिर रहेको न्यूरो सर्जन डा. खतिवडाले जानकारी दिनुभयो ।
विरामीको स्वास्थ्य सुधार हुँदै गएकोले मंगलबार डिस्र्चाज गर्ने तयारी गरिएको छ । नशाको ट्यमुरलाई मेडिकल भाषामा ‘फाइब्रोम्याटोसीस टाइप वान’ भन्ने गरिन्छ । प्रति ३ हजार जनामा एक जनालाई यस्तो रोग देखा पर्ने न्यूरो सर्जन डा. खतिवडाले बताउनुभयो ।
उपचारपछि अस्पतालको जेनरल वार्डमा रहेका रघुनाथले नयाँ जीवन पाएको सुनाउनुभयो । उपचारपछि हर्षित मुद्रामा देखिएका रघुनाथले आफुले नयाँ जीवन पाएको बताउनुभयो ।

छुट्टै न्यूरो सर्जरी विभाग बनाउने तयारी
कोशी अस्पतालमा दुई महिना अगाडी न्यूरो सर्जरी सेवा सुरू भएको छ । न्यूरो सर्जरी सेवा सुरू भएपछि जटिल प्रकारको शल्यक्रिया गरिएको यो पहिलो रहेको अस्पताल प्रमुख मेडिकल सपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । न्यूरो सर्जरी सेवा सुरु भएपछि ओपीडिमा दैनिक २० देखि ३० जना विरामी आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्