थ्रेसरबाट आगोलागी हुँँदा २० लाख बराबरको क्षती

थ्रेसरबाट आगोलागी हुँँदा २० लाख बराबरको क्षती

इटहरी । सुनसरी दुहबी नगरपालिका ११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षेती भएको छ । आज दिउसो साढे ११ बजे सोमनलाल माझीको घर आगनमा थ्रेसर राखी गँहु झारी रहेको अबस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र सोमलाल माझीको घर तथा घरमा रहेका सरसामान, अन्नपात जलेर नष्ट भएको हो ।

प्रारम्भिक अनुमानमा १९ लाख बराबरको धनमाल क्षती भएको प्रहरीले जनाएको छ । उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा दिउँसो साढे १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगो निभाउने क्रममा सोही स्थानका ४७ बर्षीय राजेन्द्र शाह समेत घाईते भई उपचारको लागी बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्