मेघा बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम आयोजना

मेघा बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम आयोजना

मेघा बैंकको विराटनगर शाखाले वित्तिय साक्षरता तथा सचेतना कार्यक्रम सुरु गरेको छ । यसको पहिलो कार्यक्रम शैलजा आचार्य स्मृति पोलिटेक्निकमा सम्पन्न भएको छ ।
पोलिटेक्निकका करिब ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यार्थीहरुलाई बैंकिङ्ग पद्धति, बचत संस्कारका साथै सुरक्षित लगानीका फाइदाहरुका बारेमा जानकारी गराईएको बैंकका विराटनगर शाखा डिपोसिट रिलेसनसिप मेनेजर अतुल बक्सीले जानकारी दिए ।

विशेष गरि विद्यार्थीहरुलाई मध्यनजर गरि संचालन गरिएको यस कार्यक्रम मोरङका ग्रामिण तथा सहरी क्षेत्रका थप कम्तिमा ७ स्थानमा आयोजना गरिने बक्सीले बताए ।

कार्यक्रममा विराटनगर शाखा प्रमुख विनोद राज थापा, प्रदेश एकका मार्केटिङ्ग म्यानेजर नवनित प्रधान, विवेकवन्धु न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्