विराटनगर
विराटनगर ९ रंगेली रोड स्थित गेट वेल अस्पतालले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जीवन अमुल्य छ बचौं र बचाऔ भन्ने मूल उद्देश्यका साथ बिराटनगरमा आयोजना गरिएको उक्त कार्यक्रमबाट २५ पिन्ट रगत संकलन भएको छ।
विश्वभर फैलिरहेको कोरोनाको महामारीका विचमा विराटनगरमा बढिरहेको रगतको अभावलाई मध्यनजर गर्दै आफुहरुले नयाँ वर्षको अवसर पारि सो कार्यक्रमको आयोजना गरेको आयोजक समितिका अस्पताल फार्मेसी प्रोप्राइटर विष्णु कार्कीले जानकारी दिए । उक्त अवसरमा अस्पतालले ओपिडी सेवा समेत नि :शुल्क उपलब्ध गराएको उनले बताए।