रंगेली–७ को मरिया खोलाको पुल निर्माणमा ठेकेदार कम्पनिको ढिलासुस्ती

रंगेली–७ को मरिया खोलाको पुल निर्माणमा ठेकेदार कम्पनिको ढिलासुस्ती

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित भोटुवाबु चोक हुँदै दोहमना रोडमा पर्ने मरिया खोलाको पुल सम्पन्न हुनुपर्ने समयमा निर्माण सुरु भएको छ । सम्झौता भएको सात महिनापछि मात्रै ठेकेदार कम्पनिले विभिन्न बहाना देखाउँदै गत फागुनदेखि निर्माण सुरु गरेको हो ।

पीहु एण्ड राज कन्सट्रक्शन प्रा. लि. सुनसरीले २०७७ भदौ ३० गते उक्त पुल तथा सडक निर्माण गर्ने ठेक्का सम्झौता गरिएको थियो । सडक र पुल २०७७ चैत्र ३० गतेसम्म निर्माणकार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, निर्माण सामाग्री अभाव भएको देखाउँदै कम्पनिले जिम्मा लिइएको कामबाट पन्छिने गरेपछि स्थानीयले विरोध सुरु गरेका छन् ।

अनुगमन गर्ने फिल्ड ईन्जिनियर सुधिर झाका अनुसार कम्पनीलाई तीन पटकसम्म काम चाँडो सकाउन निर्देशनसहितको पछिटो काम सम्पन्न गर्ने तीन पटक सम्म पत्राचार गरिएको छ ।
यसरी समयमै काम नसक्ने उक्त कम्पनी लाई कानुनी दायरामा ल्याएर कार्वाही गर्ने जरुरी रहेको भन्दै स्थानीयले दवाब सुरु गरेका छन् । सडक निर्माण कार्यमा ढिलासुस्ति भएपछि स्थानीयले धुलाोको सास्ती बेहोर्नु परेको राजेश आचार्यले बताउनुभयो । बालबालिकाहरुलाई समेत रुघाखोकीले बारम्बार सताउने गरेको आचार्यको भनाई छ । प्रदेश सरकारको ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ बराबरको लागतमा सडक, कल्भट र ग्रावेल गर्ने ठेक्का निर्माण कम्पनिले लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्