कबवेब ब्यान्डले विराटनगरमा शुक्रबार प्रस्तुती दिदै

कबवेब ब्यान्डले विराटनगरमा शुक्रबार प्रस्तुती दिदै

पछिल्लो समय अनेक चर्चित सांगितिक समुह र गायकहरु विराटनगरमा प्रस्तुती दिन आईरहेको अवस्थामा पुन: अर्को चर्चित समुह कबवेब विराटनगर आउने भएको छ ।

कबवेबले बरगाछीमा रहेको कार्पेदियममा बैशाख ३ गते शुक्रबार प्रस्तुति दिने भएको हो । हेभि मेटल जनराँको गित गाउने कबवेबले नेपाली सांगितिक क्षेत्रलाई आधुनिकता तर्फ दोहोर्याउने श्रेय पाउने गरेको छ ।

सन् १९९३ मा अन्जान एल्मब लिएर आएको कबवेब ब्यान्ड मार्यो नि मार्यो बोलको गितबाट चर्चित भएको थियो भने मर्सिडिज बेन्ज बोलको गितले थप लोकप्रिय बनाउदै लगेको थियो । कबवेबले अन्जान, कबवेब, रोलिंग स्ट्रिङ्ग, मर्सिडिज बेन्ज, रक एन्ड रोल, अस्तित्व लगायतका आधा दर्जन बढि एल्बम ल्याईसकेको छ ।

सिमित व्यक्तिहरुको उपस्थितिमा आयोजना हुने सांगितिक कार्यक्रमको टिकट मुल्य १ हजार ५ सय राखिएको कार्पेदियमका संचालक श्रेयसकर कार्कीले जानकारी दिए । टिकटका साथै दुई वटा टुबोर्ग बियर निशुल्क उपलब्ध हुने आयोजकले उल्लेख गरेको छ ।

महामारी पछि विस्तारै उठ्दै गरेको समयमा मानिसहरुलाई आनन्दको समय उपलब्ध गराउने सोचका साथ कार्यक्रमको आयोजना गरिएको कार्कीले जानकारी दिए ।
प्रत्येक हप्ता जसो राष्ट्रियस्तरमा नाम चलेका कलाकारलाई विराटनगरमा निम्तो दिइरहेको कार्पेदियमले यस अघि सबिन राई एन्ड दि फरोह ब्यान्ड, दि इलिमेन्ट्स, झिल्के एण्ड दि कम्पनी जस्ता ब्यान्डलाई निम्त्याएको थियो । सांगितिक कार्यक्रमका साथै कलाकारहरुले एयरपोर्टबाट विराटनगर टेकेको क्षणदेखि प्रस्तुति, विदाईसम्मका समयलाई भिडियोमा कैद गरि डकुमेन्ट्रीको रुपमा सार्वजनिक गर्ने योजना रहेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्