आर.के. मलमा विश्वप्रख्यात ९ ब्रान्डका आउटलेट

आर.के. मलमा विश्वप्रख्यात ९ ब्रान्डका आउटलेट

पछिल्लो केहि समय यता मुख्यत विराटनगरका साथसाथै आसपासका क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विराटनगरमा बिभिन्न ठुला ठुला मल तथा सपिंग सेन्टरहरु खुल्दै गइ रहेकाछन् । किनमेलमा छुट्टै आयम दिन खोलिएका ठुला सपिंग सेन्टर र मलहरु मध्ये सबै भन्दा नयाँ र पछिल्लो सपिङ सेन्टरका रुपमा सुरु भएको हो विराटनगर ८ हाटखोलामा रहेको आर.के. सिटी सेन्टर ।

खुलेको केहि समयमै कोरोना महामारीको मार खेप्नु परेको आर के सिटि सेन्टरले स्थापनाको १ बर्ष पछी तेश्रो तल्लामा अहिले छुट्टै सेक्सननै बनाएर बिभिन्न प्रचलित ९ ब्राण्डका आउटलेटमा बिक्रि सुरु गरेको छ । र केहि समयमै थप ३ ओटा विश्वप्रख्यात ब्रान्डहरुको आउटलेट सुरु हुने मलका अप्रेसन म्यानेजर कृष्ण थापाले जानकारी दिनुभयो । बिशेष त युवा पुस्ताहरुको मागलाइ मध्यनजर गर्दै तेश्रो सेक्सन तयार पारीएको थापाले बताउनु भयो ।

मलमा जिन्सका लागि प्रख्यात " लिभाइज ", जुत्ताका प्रख्यात ब्राण्डहरु नाइकी, एडिडास, पुमा र रेबुकका लागि " स्पोर्ट्स डट ", प्रख्यात पेपे जिन्स लण्डन, रोंग, बींग ह्युमन जस्ता ब्राण्ड हरुका लागि " यु गाइ " , ब्रान्डेड कुर्ता सलवारहरुका लागि " एथ्निको " , ट्रेन्डी आउटफिटहरुका लागि " ग्ल्याम मिस ", ब्राण्डेड पार्टी वेयरका लागि " क्लासि कर्भ्स ", बच्चाहरुको लुगाहरुको लागि " किडोज ", सबै प्रकारका जिन्सका लागि " जेरक्स " र एक्सक्लुसिभ हाइ इन्ड आर्टिफिसियल ज्वेलरीका लागि " जेम्स ग्यालोर " जस्ता ब्राण्डहरुको मलमा ९ ओटा आउटलेटहरु रहेका छन् ।

कतिपय ब्राण्डका आउटलेटहरु विराटनगरमै नभएकाले ग्राहकको सहजताका लागि एउटै छाना मुनि सबै किसिमका ब्रान्डेड आउटलेटहरु संचालनमा ल्याइएको अप्रेसन म्यानेजर थापाले बताउनुभयो । साथै अहिले सबै ९ ओटा ब्राण्डका सामान खरिद गर्दा ग्राहकहरुको लागि नयाँ वर्ष तथा सुरुवातको अवसरमा सोझै १० प्रतिशतको छुट पनि रहेको र यो अफर सिमित आवधिका लागि मात्र रहेको पनि थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्