विराटनगरको हिमाल आँखा अस्पतालद्धारा ५० प्रतिशत छुट

विराटनगरको हिमाल आँखा अस्पतालद्धारा ५० प्रतिशत छुट

विराटनगर । विराटनगर १३ स्थित मलायरोडमा रहेको हिमाल आँखा अस्पतालले मोतियाविन्दुको शल्यक्रियामा ५० प्रतिशत उपचारमा छुटको व्यावस्था गरेको छ ।


नेपालीहरुको नव वर्ष २०७८ र मुस्लिमहरुको महान पर्व रमाजान ९ईद०को उपलक्ष्यमा अस्पतालले मोतियाविन्दुको शल्यक्रियाको लागी ५० प्रतिशत छुटको व्यावस्था मिलाएको अस्पतालले जनाको छ । आँखाका विरामीहरुको लागी उपचारमा सरल, सहज र आर्थिक भार नहोस भन्ने उद्धेस्यका साथ वैशाख १ गतेबाट आगामी बैसाख मसान्त सम्म यो सेवा लागु हुने हिमाल आँखा अस्पताललको संचालक तेजलाल कर्णले जानकारी दिनुभयो ।


३ महिना अघि संचालनमा आएको अस्पतालमा सम्पुर्ण आँखाका ओपीडी सेवासँगै औषधी र चस्माको समेत उचित प्रवन्ध रहेको अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्