एक सातामा विराटनगरमा छोराको कुटाइबाट २ बुबाको मृत्यु

एक सातामा विराटनगरमा छोराको कुटाइबाट २ बुबाको मृत्यु

विराटनगर । विराटनगरमा पछिल्लो एक साता छोराको कुटाइबाट २ बुबाको ज्यान गईसकेको छ । विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार नोबेल मेडिकल कलेजमा उपचारका क्रममा साहको मृत्यु भएको हो । गत चैत २६ गते घरासयी विवादमा २९ वर्षीय छोरा अजयले वृद्ध बुबामाथि निर्घात कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भिर घाइते उनलाई उपचारका लागि नाबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो । नोबेलमा बुधबार बिहान करिब ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार नै अजयलाई पनि पक्राउ गरेको छ ।

यसैविच गत चैत २९ गते मदिरा सेवनपछि विवाद हुँदा विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखियाको छोराले नै हत्या गरेका थिए । शनिबार राति बुबा छोराबीच विवाद भएको थियो । विवादका क्रममा माइलो छोरो रबिले धकेल्दा मदिराले मातिएका बुबा लडेका थिए । गम्भिर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्