मोरङको हरैंचा र सुनवर्षीमा दुर्घटना हुदा दुई जनाको मृत्यु

मोरङको हरैंचा र सुनवर्षीमा दुर्घटना हुदा दुई जनाको मृत्यु

बिराटनगर । मोरङ सुन्दरहरैचा–७ बस्ने ६५ बर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा ५ बजे सुन्दरहरैचा–७ स्थित राजमार्गमा प्रदेश १–०२–००१ ख ८५३० नम्बरको टिफरले पैदल हिडिरहेकी मैयालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन ।
गम्भिर घाईते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र चालक सुन्दरहरैचा–५ का कुमार भण्डारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ सुनबर्षी(८ बस्ने ३० बर्षीय बिरेन्द्र प्रसाद मण्डलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान सवा ४ बजे सुनबर्षी–८ स्थितमा बीआर ३८ आर ८७९० नम्बरको भारतिय मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडी सवार रहेका मण्डलको मृत्यु भएको हो । मोटरसाईकल चालक सोही स्थानका २९ बर्षीय चन्दन केवट नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्