विराटनगरमा पन्ध्रसहित प्रदेश १ मा २० जना संक्रमित थपिए

विराटनगरमा पन्ध्रसहित प्रदेश १ मा २० जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १७९ पुगेको छ । प्रदेश १ मा आज २२६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्