सर्वासाधाराणले आफ्नो अनुकुलको नक्सा घर बसी बसी बनाउन सक्ने

सर्वासाधाराणले आफ्नो अनुकुलको नक्सा घर बसी बसी बनाउन सक्ने

काठमाडौं

अबदेखि घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनीले अब नापी कार्यालय पुगेरै प्रिन्ट नक्सा लिनु नपर्ने भएको छ । जग्गाधनीले आफ्नो रेकर्ड अनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने अनलाइन प्रणाली नापी विभागले सञ्चालनमा ल्याएसँगै अब नक्सा लगायतका काम लिएर मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हट्न लागेको हो ।

नापी विभागमा आज आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्दै हुनुहुन्छ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवापतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने पनि विभागले जनाएको छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको हो ।

सरकारले पहिलो पटक बिहीबारबाट यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु गर्दैछ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागको तयारी छ । -रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्