विराटनगर बरगाछिकी महिलाको कोरोना संक्रमणका कारण कोशीमा मृत्यु

<span class='c1'>विराटनगर बरगाछिकी महिलाको कोरोना</span> <span class='c2'>संक्रमणका कारण कोशीमा मृत्यु</span>

विराटनगर ।

कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा एकजना कोरोना भाइरस सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–४ बरगाछी निवासी ४६ वर्षीया महिलाको बिहीबार बिहान ज्यान गएको हो ।

कोशी कोभिड–१९ उपचार केन्द्रका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला उपचारका लागि नोबेल अस्पतालमा भर्ना भएकी थिइन् । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई कोशीमा रेफर गरिएको थियो । नोबेलबाट मृतक महिलाका श्रीमान्ले स्कुटरमा राखेर कोशीमा भर्नाका लागि बुधबार पु¥याएको थिए ।

भर्नापछि महिलाको उपचार सुरु गरिएको थियो । श्रीमान् र श्रीमती नै संक्रमित भएपछि दुवैलाई भर्ना गरेका थियौं, श्रीमतीको बिहान ४ः३० बजे मृत्युभयो, भगतले भन्नुभयो–अहिले शव अन्त्येष्टिका लागि परिवारले लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्