झापा
झापा शिवसताक्षी नगरपालिका ११ दुधे स्थित पुर्व-पश्चिम राजमार्गमा
एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर गोदावरी नगरपालिका ७ काएम्बुलेन्स चालक २० बर्षीय उत्सब घिमिरे रहेका छन्। अर्का १ जना एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० बर्षीय सन्तोष तामाङ गम्भिर घाईते भएका छन् ।
आज बिहान साढे ४ बजे पश्चिमतर्फ जादै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रीत भई दुर्घट्ना हुँदा चालक र तामाङ गम्भिर घाईते भई उपचारको लागी दुवैलाई बि एण्ड सि अस्पताल बिर्तामोड लैजादै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको थियो। तामाङको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।