मोरङसहित देशभरका १४ जिल्ला अतिप्रभावित, बालबालिकालाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

मोरङसहित देशभरका १४ जिल्ला अतिप्रभावित, बालबालिकालाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

विराटनगर । मोरङसहित देशभरका १४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्रमा परेका छन् । काठमाडौं उपत्यकाका तीनसहित देशभरका १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेको हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै सावधानी अपनाउन आग्रह गरेको हो ।

कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयद्वारा प्रेस विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालयले यस क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन अभिभावकसँग विशेष अपील समेत गरेको छ । अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यी क्षेत्रहरुमा विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थान छन् । यसैगरी सबै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको छ । अस्पतालहरुलाई फिवर क्लिनिक अनिर्वाय सञ्चालन गर्न आग्रह गरेको छ । साथै सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेड कोभिड(१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्