प्रदेश १ मा आज १६ जना संक्रमित थपिए

प्रदेश १ मा आज १६ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमलगाउँपालिकामा १ र प्रदेश १ बाहिरका १जना रहेका छन् । प्रदेश १ माकोरोना संक्रमितको संख्या ३० हजार ५३२ पुगेको छ । संक्रमितमध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् । १९५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माआज १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ८ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्