चट्याङ लागेर दुईजनाको मृत्यु

<span class='c1'>चट्याङ लागेर</span> <span class='c2'>दुईजनाको मृत्यु</span>

विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् ।

बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईडको टाउको देखि घाँटी सम्म जली अचेत अवस्थामा रहेकी उनको उपचारको लागी तयारी हुँदा हुदै राती सभा ११ बजे घरैमा मृत्यु भएको थियो भने राईको सही दिन बेलुका ६ बजे आफ्नै घरमा बसीरहेको अवस्थामा अचानक चट्याङ लागी बेहोस भई लडी टाउकोमा चोट लागी घाईते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्