आज नेपाल र नेदरल्याण्डको अन्तराष्ट्रिय टि-२० खेल हुँदै

आज नेपाल र नेदरल्याण्डको अन्तराष्ट्रिय टि-२० खेल हुँदै

नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको हो ।

दिउँसो १:१५ बजे सुरु हुने खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलिने क्यानले जनाएको छ ।

नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटरमोरले नेदरल्याण्ड्स राम्रो टिम भएको भएपनि नेपाल आफ्नो खेल खेल्न तयार रहेको बताए ।

करिब १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालले टीयू मैदानमा पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ । घरेलु मैदानमा नेपाली दर्शकले सँधै साथ दिईरहेको यस प्रतियोगितामा कोभिड संक्रमणको डरले दर्शक बिना खेल खेलाउने आशा गरिएको भएपनि क्यानले सिमित दर्शकलाई प्रवेश गर्न दिने भएकाले दर्शकको उपस्थिति सहित खेल हुने भएको छ ।

नेपाल र नेदरल्याण्ड्सले ६ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ति खेलमा नेदरल्याण्ड्सले ३ खेल र नेपालले २ खेल जितेको थियो । साथै एक खेल वर्षाका कारण नतिजा विहिन हुन पुगेको थियो ।

पुर्वकप्तान पारस नखेल्ने

यस्तै चोटका कारण पुर्व कप्तान पारस खड्काले प्रतियोगिता खेल्न नपाउने भएका छन् । उनको स्थानमा क्यानले सन्दिप जोरालाई प्रतियोगितामा सहभागीता गराएको छ।

खेल यसरी हेर्न सकिनेछ LIVE

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्