मेडिकलबाट लागूऔषध र नियन्त्रित औषधीसहित सञ्चालक पक्राउ

मेडिकलबाट लागूऔषध र नियन्त्रित औषधीसहित सञ्चालक पक्राउ

उदयपुर । उदयपुर बेलका नगरपालिका १ आम्बासीमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा.लि.बाट ठूलो परिमाणमा लागुऔषध तथा नियन्त्रित औषधीसहित संचालकलाई पक्राउ गरिएको छ । सप्तरी चिरहुत गाऊपालिका २ मैनाकडेरी का २६ बर्षीय सुबोध यादब सञ्चालक रहेको मेडिकल हलबाट लागूऔषध र नियन्त्रित औषधी सहित उनलाई पक्राउ गरिएको हो ।

बिषेश सुचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे क्लििनिकमा छापा हानेको थियो । खानतलासी गर्दा ट्रमाडोल हाईडोक्लोराईड–१९८ ट्याब्लेट, डिसाक्लोमाइन हाइड्रोक्लोराइड–५१५ ट्याब्लेट, कोप्ताफ–डी–३०५ ट्याब्लेट, – ट्रमाडोल हाईड्रोक्लोराइड ओपीडोल–१५०२ ट्याब्लेट, प्रिगोटकीट–१० ट्याब्लेट, सिलडेनाफिल–४ ट्याब्लेट रजुनुग्रारेड–१२ ट्याब्लेट तथा नगद एकलाख १७ हजार, एकथान मोबाईल बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

बरामद गरिएको सामान सहित उक्त क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका उनको अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको प्रहरी प्रहरी कार्यालयद्वारा प्रेसित सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्