विराटनगरको महाबीर रोडलाइ सुरक्षित र सुन्दर बनाउन जुटे स्थानीय

विराटनगरको महाबीर रोडलाइ सुरक्षित र सुन्दर बनाउन जुटे स्थानीय

विराटनगर । बिराटनगर माहानगरपालिस्थित माहाबीर रोडलाई सुन्दरता र सुरक्षाको हिसाबले अलग्गै पहिचान दिन स्थानीय जुटेका छन् । विराटनगर भित्रको सुन्दर र सुरक्षित सडकको रुपमा विकास गर्न स्थानीय जुटेका हुन् ।

महाबिर रोडमा ट्राफिक सचेतना, सिसि क्यामेरा, पार्किङ लाइन, जेब्रा क्रसिङ, सडक बत्ती र गमलामा फुल रोपेर सुरक्षित र सुन्दर बनाउने काम सुरुवात गरिएको स्थानीयवासी मुकुन्द बस्नेतले जानकारी दिनुभयो ।

स्थानीयको अभियानको सुरुवातको अवसर पारेर आयोजित कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उक्त रोडलाई सौन्दर्यकरण र सुरक्षित बनाउन आवश्यक सामाग्री मन्त्रालयले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले महानगरसँग समन्वय गरेर मन्त्रालयले आवश्यक पर्ने सिसि क्यामेरासहितका सामाग्री उपलब्ध गराउने बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्