शनिबारदेखि हराईरहेका विराटनगर–८ का बालकको पानीमा डुबेको अवस्थामा शव फेला

शनिबारदेखि हराईरहेका विराटनगर–८ का बालकको पानीमा डुबेको अवस्थामा शव फेला

विराटनगर । शनिबारदेखि हराईरहेका विराटनगर–८ का ७ वर्षीय बालकको शव फेला परेको छ । विराटनगर–८ बलुवाईस्थित खोलामा डुबेको अवस्थामा बालकको शव फेला परेको हो ।

मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काका अनुसार शनिबारदेखि खोजि भईरहेका बालकको आइतबार पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । हिजैदेखि खोजी रहेका थियौं, उपरीक्षक खड्काले माछा मार्ने क्रममा हराएका भनिएका उनको आज खोलामै शव फेला पारेर थप अनुसन्धान गरिरहेका छौं ।

बालक हराईरहेको भन्दै विराटनगरमा जारी विराट गोल्डकपको फाइनल खेलको समयमा बारम्बार उनको खोजीका लागि सूचना सम्प्रेषण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्