मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाऊपालिका ४ स्थित भलुवा चौकमा पश्चिमतर्फ जादै गरेको को२७प ६४५९ को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते मोटरसाईकल चालकको मृत्यु भएको छ ।
आज बिहान रंगेली नगरपालिका २ का २३ बर्षीय भोला शर्मा र पछाडी सवार सोही स्थान ३ का २२ बर्षीय कासमिक मुर्मु गम्भिर घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा चालक शर्माको ७ बजे मृत्यु भएको हो । अर्का घाईते मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यसैगरी सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरी ईटहरी ६ पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को३३ प ३२४० नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईटहरी ८ का ४२ बर्षीय बिरेन्द्र चौधरी हिजो राती पौने ८ बजे गम्भिर घाईते भएका थिए ।

उनको घोपा धरानमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । बस र चालक ईटहरी १२ खनार का ३८ बर्षीय सन्तोष वि.क. नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्