आगोलागीबाट फर्मका ४० वटा बाख्रा जले

आगोलागीबाट फर्मका ४० वटा बाख्रा जले

बिर्तामोड । झापा बुद्दशान्ति गाऊपालिका ४ देविबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलि मरेका छन् ।
गत राती साढे १२ बजे लागेको आगोले बिमलीको इटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट हुँदा अन्दाजी ६५ लाख बराबरको क्षेती भएको हो ।

उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान पौने ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो लागीको कारण भने खुल्न नसकेको सो कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्