राष्ट्रियसभा सदस्य गृहमन्त्री बादल आजबाट पदमुक्त

राष्ट्रियसभा सदस्य गृहमन्त्री  बादल आजबाट  पदमुक्त

काठमाडौँ

गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट २०७४ सालमा राष्ट्रियसभा सदस्यमा वागमती प्रदेशवाट निर्वाचित थापाको आज राष्ट्रिय सभा सदस्य पद खारेज भएको राष्ट्रिय सभा सचिवालयले सूचना जारी गरेको छ । यो संगै थापा गृहमन्त्री पदबाट समेत पदमुक्त हुनुभएको छ ।

नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले गत चैत २७ गते नै थापालाई कारबाही गरेको थियो ।

गृहमन्त्री थापालाई कारबाही गरिएको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सचिवालयलाई जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्