राष्ट्रपति विद्या देवी भण्डारीद्वारा नव नियुक्त गृहमन्त्री बादललाई आजै शपथग्रहण गराउने

राष्ट्रपति विद्या देवी भण्डारीद्वारा नव नियुक्त गृहमन्त्री बादललाई आजै  शपथग्रहण  गराउने

काठमाडौँ

राष्ट्रपति बिद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा नेतृत्वमा २०७४/११/३ गते गठित मैजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा थापालाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको हो ।

नेकपा एमालेको नेता एवम् नवनियुक्त मन्त्री थापाको आजै साँझ ५:०० बजे राष्ट्रपति भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको थियो । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो । -रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्