एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकी महिलाको कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु

एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकी महिलाको कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु

विराटनगर । विराटनगरमा एकजना महिलाको कोरोना संक्रमण कारण आज बिहान मृत्यु भएको छ । उदयपुर घर भएकी ३५ वर्षीया जहदा खातुनको कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो ।

विराटनगरको गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना गरिएकी महिलाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्ने तयारीसँगै बिहान ४ः१७ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

कोशीका वरिष्ठ फिजिसियन डा.लक्ष्मीनारायण यादवका अनुसार आकस्मिक कक्षमा भर्ना गर्दा महिलाको शरिरमा अक्सिजनको मात्रा अतिन्यून अवस्थामा पुगिसकेको थियो । भेन्टिलेटरमा राखेर उपचार गराउन कोशीको कोभिड अस्पताल पठाउने तयारी हुँदाहुँदै अस्पतालको आकस्मिक कक्षमै ५ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्