एकवर्षमा छ हजार ८७६ मुद्दा, ३८ करोड राजश्व (त्रिवर्षिय तथ्यांकसहित)

एकवर्षमा छ हजार ८७६ मुद्दा, ३८ करोड राजश्व (त्रिवर्षिय तथ्यांकसहित)

विराटनगर । प्रदेश १ का १४ जिल्ला प्रहरी कार्यालयबाट एकवर्ष भित्रको अवधीमा विभिन्न कारवाहीका क्रममा ३८ करोड रुपैँया राजश्व संकलन भएको छ । २०७७ बैशाखदेखि चैतसम्मको अवधीमा ६ हजार ८७६ मुद्दा दर्ता गरिएको छ ।
समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनका क्षेत्रमा प्रहरीको प्रभावकारी परिचालनबाट वार्षिक प्रगति सन्तोषजनक रहेको देखिएको छ । प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले २०७७ साल बैशाखदेखि प्रदेश १ को कमाण्ड सम्हाल्दै आउनु भएको छ । यस अवधीमा डिआईजी कार्कीका विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी भएपनि तुलानात्मक रुपमा कारवाही र राजश्व संकलनमा प्रहरीको परिचालन प्रभावकारी देखिएको हो ।

(अघिल्लो त्रिबर्षिय बार्षिक तुलनात्मक तथ्यांङ्क )
प्रदेशका १४ जिल्लामा फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७८७ जना फरार प्रतिवादी पक्राउ गरी ७४४ बर्ष कैद भुक्तान र ३ करोड ४३ लाख ५० हजार १ सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रणतर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ३ केजी ४८८ ग्राम ब्राउनसुगर बरामद भएको छ । यस अवधीमा एक हजार २१३ केजी १९९ ग्राम गाँजा बरामद भएको छ ।

यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५३ हजार १११ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ८ हजार १४२ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु ३ हजार ८९ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२९।९६ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७७ हजार ४१ गाँजाका बोट नष्ट गरिएको छ ।
भन्सार चोरी निकासीतर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १५० जना मानिस पक्राउ गरिएको छ । भन्सार चोरी निकासी नियन्त्रणबाट मात्रै १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४१ जना मानिस र ७०६ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गरिएको छ । नदिजन्य पदार्थको अवैध उत्खनन् नियन्त्रणबाट ५५ लाख १८ हजार २२० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ५५ जना मानिस पक्राउ गर्नुका साथै ३००१.१२ क्यू.फिट. काठ बरामद गरी ५० लाख ६ हजार ७१६ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ३५ हजार ३२३ वटा सवारी साधनलाई कारवाही गर्दा १४ करोड ८४ लाख ७८ हजार राजश्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्