पेस्तोल सहित एकजना पक्राउ

पेस्तोल सहित एकजना पक्राउ

इनरुवा । सुनसरी कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट हतियार सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका –१ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका हुन् ।

उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो । मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनि माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको थियो । उनि उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्