रेडपाण्डा शिकारी पक्राउ गर्ने प्रहरी निरीक्षक मन्दिप भए चैत महिनाको सर्वोत्कृष्ट

रेडपाण्डा शिकारी पक्राउ गर्ने प्रहरी निरीक्षक मन्दिप भए चैत महिनाको सर्वोत्कृष्ट

विराटनगर । लोपोन्मुख रेडपाण्डा चोरी निकासी तथा अवैध कारोबारमा संलग्नलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोकृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रदेश प्रहरी कार्यालयले एक महिनाको अवधीमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीमध्येबाट प्रहरी निरीक्षक चौहानलाई चैत महिनाको सर्वोकृष्ट घोषणा गरेको हो ।

चौहानले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदानसहित विश्वबाटनै लोपोन्मुख वन्यजन्तु “रेड पाण्डा” को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ गर्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्