जनताधन माविका ३९ जनालाई एकैपटक कोरोना संक्रमण पुष्टि

जनताधन माविका ३९ जनालाई एकैपटक कोरोना संक्रमण  पुष्टि

बागलुङ

बागलुङको जनताधन माविका ३९ जनालाई एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको जानकारी दिनुभयो । शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भए पछि आईतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठन पाठन बन्द गरेको बागलुङ नगरपालिकाका नगर शिक्षक अधिकारी डण्डापानी शर्माले जानकारी दिनुभयो ।

धेरै संख्यामा विद्यार्थी कोरोना संक्रमित भए पछि नगरपालिकाले बलेवा क्षेत्र बानपा–१२, १३ र १४ नम्बर बडालाई सिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।
कोरोना संक्रमण समुदायमा फैलने त्रास बढे पछि तीन वटा वडालाई तत्काल दश दिनको लागि सिल गरी संक्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने नगर शिक्षा अधिकारी शर्माको भनाई छ ।

वडामा सार्वजनिक सेवा तथा यातायात सेवा बन्द गरी कोरोना नियन्त्रणको प्रयास गर्न अहिले बानपा १४ र १३ नम्बर वडाको बैठक जारी छ । बानपा १२ ले बुधबार बैठक राखेर आवश्यक निर्णय गर्ने बताइएको छ । जनताधन माविमा शुक्रबारदेखि नै पठन पाठन बन्द गरिएको छ।
-गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्