बिर्तामोड । झापा मेचिनगर नगरपालिका १३ चारआली चौक स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो ।
दुर्घटनाबाट मोटरसाईकल चालक मोरङ पथ्रिशनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भई उपचारको लागि बी उण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने २२ बर्षीय सागर लिम्बु समेत सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार गरिएको थियो । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।