अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको नेतृत्व विकास सम्बन्धि दुई दिवसिय तालिम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको नेतृत्व विकास  सम्बन्धि दुई दिवसिय तालिम सम्पन्न

विराटनगर

अपाङ्ग महासंघ प्रदेश नम्बर १ बिराटनगर र करुणा फाउन्डेसन इटहरीको संयुक्त आयोजनामा विराटनगर पान्चाली स्थित सगरमाथा पार्टि प्यालेसमा आयोजित कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको शुनिस्चितता:अपाङ्गता भएका व्यक्तिहरुको पहुच र दिगो विकासका लागि सबैको प्रतिबद्दता भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको नेतृत्व विकास सम्बन्धि दुई दिवसिय तालिम सम्पन्न भएको छ। उक्त तालिममा सुनसरी र मोरंगका विभिन्न पालिकाहरुबाट आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै ६० जनाले उपथिती जनाएको आयोजक समितिले जानकारी दिएको छ।

आवर विराटनगर संग कुरा गर्दै राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश १ कि अध्यक्ष पार्वता श्रेष्ठ भन्छिन् , " यो तालिम गराउनुको मुख्य उद्देश्य भनेको प्रत्यक स्थानिय तहमा भएका विभिन्न पालिकाहरुका अपाङ्गता भएका व्यक्तिहरुका हकहितका लागि सम्बन्धित संस्थाले खेल्नुपर्ने भूमिका, अपाङ्गताको परिचय,परिभाषा,ऐन कानुन एवं प्रकारका बारेमा नव गठित डिपीओ सदस्यहरुलाई जानकारी गराउनु हो। आफ्नो संस्थाले विभिन्न क्षेत्रमा बस्ने अपाङ्गता भएका व्यक्तिहरुलाई के कस्ता सहायक सामग्री आवश्यक छ सो को पहिचान गर्ने र उनीहरुको समस्या सुनेर त्यसको सुनुवाई गर्न पहल गर्ने कुरा पनि उनले बताइन्।

त्यसैगरी करुणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम संयोजक कमल कोइरालाले कार्यक्रममा बोल्दै भने आफ्नो संस्थाले अपाङ्गता भएका व्यक्तिहरु जो विवाहित छन् उनीहरुको गर्भ बस्नु भन्दा ३ महिना अगाडी नै त्यो जन्मिने शिशु अपाङ्गता (जन्म दोष ) का साथ नजन्मिउन भनि अपाङ्गता न्यूनीकरण लाई ध्यानमा राखी औषधि खुवाउनुपर्छ भने। त्यसैगरी उनले भने अहिले करुणा फाउन्डेसन नेपाल , सामाजिक विकास मन्त्रालय प्रदेश १ , स्थानीय तह( विराटनगर महानगरपालिका ) र अपाङ्ग महासंघ प्रदेश नम्बर १ कार्यालय विराटनगरको संयुक्त पहलमा अपाङ्गता रोकथाम , न्यूनीकरणका साथै न्यूनीकरणका विषयमा कार्यहरु गर्दै आएको छ।

उक्त कार्यक्रमलाई सहजीकरण गर्ने कार्य अपाङ्ग महासंघ बिराटनगरका कार्यक्रम अधिकृत बिमल बस्नेतले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्