रंगेली र सुनवर्षीमा कुकुर आतंक, गाउँघरका बाख्रा जोगाउनै मुश्किल

रंगेली र सुनवर्षीमा कुकुर आतंक, गाउँघरका बाख्रा जोगाउनै मुश्किल

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीय सडक (भुसिया) कुकुरबाट आतंकित भएका छन् । पछिल्लो केहि महिनायता घरमा पालिएका खसीबाख्रालाई कुकुरले मार्न थालेपछि सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो ।

रंगेली ७ का स्थानीय रामचन्द्र सहनीले खेतमा चरनका लागि छोडेको बाख्रालाई कुकुरले टोकेर सख्त घाइते बनाएको बताउनुभयो । चारैतिरबाट कुकुरले घेरेर बाख्राको भुँडी नै निकालेर सख्त घाइते बनाएपछि उपचार गर्दा समेत बाख्रालाई बचाउन नसकिएको सहनीले बताउनुभयो । स्थानीय रबनिया ऋषिदेव को पनि एकबर्षको अबधिमा ४ बटा २० केजीको खसी समेत कुकुरको टोकाईबाट उपचार गर्दागर्दै मरेको दुखेसो पोखिन् ।

गाउँ घरमा छाडा रहेका कुकुरले खान नपाएपछि आहारका लागि घरमा पालिएका बाख्रामा पल्किएपछि स्थानीय भने चिन्तित बनेका छन् । घरमा पालेका बाख्रा खान आएका कुकुरले रुघेर बस्नुपर्ने अवस्था आएको छ । स्थानीय सुरेन्द्र मण्डलका अनुसार बाख्रालाई मात्रै आक्रमण गर्दै आएका कुकुरले केहिदिन अगाडी आफैंलाई चारैतिरबाट घेरेर आक्रमण गर्न खोजेको बताउनुभयो ।
त्यसैगरी सुनवर्वाी नगरपालिका ४ का सिजानमा समेत सातदिन अगाडि १२ केजी , २३ केजी ,२५ केजी र २० केजीका खसी कुकुरले मारेको स्थानीय जीवन कुमार दासले जानकारी दिए ।

रंगेली नगरपालिका पशुपंक्षी साखाका प्रमुख दिपक खतिवडाले पछिल्लो समयमा भुसिया कुकुरको टोकाईबाट धेरै किसान पीडित भएको बताउनुभयो । रंगेली नगरपालिका ३ स्थित रंन्जनिका सोम मरन्डिले घरमा पालेको १ वटा सुँगुर, २ वटा गाई र ३ बटा बाख्रा एकैदिन कुकुरले टोकेको बताउनुभयो । कुकुरले टोकेका उक्त घरपालुवा जनावर भने मरिसकेको खतिवडाले बताउनुभयो ।
पछिल्लो समयमा कुकुर मार्न नपाइने नियम लागेपछि भुसिया कुकुरको बिगबिगि बढ्दै गएको हो । कुकुरको संख्या बढेसँगै खान नपाउँदा आहारका लागि घर पालुवा जनावरमाथि आक्रमण बढेको बताइएको छ । यसका लागि कुकुरको बन्ध्याकरण गर्नसक्दा संख्या कम हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्