खाली रहेको कोभिड उपचार केन्द्रमा संक्रमित भर्ना हुन थाले, स्वास्थ्यकर्मीको अभाव

<span class='c1'>खाली रहेको कोभिड उपचार केन्द्रमा संक्रमित</span> <span class='c2'>भर्ना हुन थाले, स्वास्थ्यकर्मीको अभाव</span>

विराटनगर । विराटनगरमा रहेको कोशी कोभिड अस्पतालमा केही समय अगाडीसम्म कोरोना संक्रमितको संख्या शुन्य अवस्था रहेको थियो । कुनै ताका अस्पतालमा कोरोना संक्रमितका विरामीले भरिभाउ अस्पताल गत फागुन २६ गतेबाट अस्पताल खाली थियोे । करिब एक महिनाको अवधीमा अस्पतालमा कोही पनि विरामी भर्ना नभएपछि खटिएका स्वास्थ्यकर्मी र कर्मचारी पनि केही हदसम्म सहज भयो । तर पुन कोरोना कालको दोस्रो चरणमा देखा परेको कोरोना संक्रमित खाली रहेको अस्पतालमा विारमी भर्ना हुन थाले । चैत्र २५ गते पटक अस्पतालमा दमकका एक जना कोरोना संक्रमितको भर्ना गरियो । झापा दमक ८ का ९२ बर्षिय पुरुषको अस्पतालमा भर्ना भएको ५ दिनपछि मृत्यु भयो ।
चैत्र २५ पछि अस्पतालमा पुन चैत्र २७ गते सबैभन्दा बढी ६ जना एकैचोटी कोरोना संक्रमितका भर्ना भए ।

त्यसपछि दैनिक १ देखी २ जना सम्म संक्रमित भर्ना हुन थालेपछि कोभिड अस्पतालका स्वास्थ्यकर्मीलाई समस्या हुन थाल्यो । पहिलो चरणको कोरोनाकालको समयमा २४ जना स्वास्थ्यकर्मी खटिएका थिए । त्यसमध्ये करारका खटिएका स्वास्थ्यकर्मीको समयअवधी सकिएपछि अस्पतालमा विरामीको उपचारर्थ समस्या आउन थाल्यो । अस्पतालमा पुन बैसाख २ गते अर्का एक जना कोरोना संक्रमितको मृत्यु भयो । अस्पतालमा जति कोरोना संक्रमित भर्ना हुन्छन् । त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई झनै समस्या हुन थालेको उनीहरु बताउछन् । कोभिड उपचार केन्द्रमा हाल ८ जना स्वास्थ्यकर्मीले रेखदेख गर्दै आएका छन् । जस मध्ये ४ जना मेडिकल अधिकृत छन् भने ४ जना स्टाफ नर्स रहेको कोशी कोभिड उपचार केन्द्रका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए ।

करारका स्वास्थ्यकर्मी र कर्मचारी हटाइएपछि अहिले अस्पतालमा ८ जनाको भरमा विरामीको रेखदेख हुदै आएको छ । अस्पतालमा दैनिकी विरामीको संख्या बढ्दै जादा आवश्यक अनुसार स्वस्थ्यकर्मीको दरबन्दी नहुदाँ उपचारमा समस्या हुने गरेको एक स्वास्थ्यकर्मीले बताए । आफुहरुले सामाजिक विकास मन्त्रालयसँग पटक पटक कुरा राख्दा पनि कुनै सुनवाई नभएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
हाल कोशी कोभिड उपचार केन्द्रमा झापा, मोरङ सुनसरी र सप्तरीका गरी २० जना सक्रिय सक्रमित रहेका छन् । यता कोभिड उपचार केन्द्रमा जनशक्ति थप गर्ने तयारीमा प्रदेश सरकार लागिरहेको प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राई बताईन् ।

पहिलो चरणमा कोरोना संक्रमित विरामीहरुको उपचारमा खटिएका २४ जना स्वास्थ्यकर्मीलाई पुनः बोलाइने तयारी रहेको मन्त्री राईले जानकारी दिईन । ‘पहिलो चरणमा सुरुवातदेखि नै कोरोना संक्रमित बिरामीको उपचारमा २४ जना स्वास्थ्यकर्मी खटिनुभएको रहेछ ’मन्त्री राईले भनिन्, ‘कोसी अस्पतालसँग समन्वय गरेर सामाजिक विकास मन्त्रालयले त्यहि अनुसार काम अगाडी बढाइरहेका छौ ।’
बाँकी जनशक्तिलाई तत्काल फिर्ता गर्ने तयारीको विषयमा प्रदेश सरकारको सिसिएमसी बैठक बसिसकेको र प्रत्येक जिल्लामा कोभिडका लागि १० वटा बेड छुटयाउने निर्णय भएको उनको भनाई छ । सिमानाका आवतजावतमा काडाईका साथै हेल्थ डेस्क सेन्टर पनि राख्ने निर्णय भएको मन्त्री राईले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्