जादु, टुना र फुमन्तर लगाएर किशोरी भगाएको आरोपमा पक्राउ

<span class='c1'>जादु, टुना र फुमन्तर लगाएर</span> <span class='c2'>किशोरी भगाएको आरोपमा पक्राउ</span>

विराठनर । जादु, टुना र फुमन्तर भाकेर जमिनबाट सुन झिकिदिने आश्वासन दिदैं एक किशोरीलाई बाबुआमाबाट छलेर लिएर भाग्ने व्यक्तिलाई मोरङ प्रहरीले झण्डै चार महिनापछि पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१९ का दिनेश मण्डललाई मंगलबार सीमा क्षेत्र विराटनगर–१५ रानी बाट पक्राउ गरेको हो ।

मण्डलले २०७७ माघ १० गते विराटनगर–४ इक्राहीबाट विराटनगर–९ बस्ने एक किशोरीलाई अभिभावकबाट झुक्याएर लिएर हिडेका थिए ।
हराएको भनिएको सुन जादु मन्तर लगाएर भेटाएको र जमिनमुनी सुन रहेको बताउँदै उनले किशोरीले साथ दिए सुन भेटाउने भन्दै अभिभावकलाई घर फर्काएका थिए । अभिभावक नभएको अवस्थामा उनले किशोरीलाई लिएर भागेका थिए ।
प्रहरीले लामो समयसम्म किशोरीको खोजी गरिरहेको थियो । भारतमा गएर बसेको सूचना पाएपछि प्रहरीले पञ्जाबमा रहेको सूचना पाएपछि भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले भने उनीहरुलाई विराटनगर–१५ सीमा क्षेत्रबाट पीडितको उद्धार र घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरिएको दावी गर्दै आएको छ । यता केहि छरछिमेक र जानकारले भने किशोरी र ती अभियुक्त भनिएका पुरुषले सहमतिमै अभिभावकलाई छक्याएको बताएका छन् ।
मानव वेचविखन, ओसारपसार तथा जवरजस्ती करणीको मुद्दामा अनुसन्धान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्