बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

इटहरी । सुनसरी बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । गत बैशाख ७ गते उनले घरयासी बादबिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए ।

घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्