धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । धरान–११ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा हिजो राती ११ः५७ मिनेटमा मृत्यु भएको हो ।
वीपीका स–प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार फागुन ७ गते संक्रमण पुष्टि भएका उनको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा उच्चरक्तचापको समस्या रहेको बताइएको छ ।