कोरोनाको दोस्रो लहर बढेसँगै वीपी प्रतिष्ठानमा इमरजेन्सी विभाग विस्तार

<span class='c1'>कोरोनाको दोस्रो लहर बढेसँगै वीपी</span> <span class='c2'>प्रतिष्ठानमा इमरजेन्सी विभाग विस्तार</span>

धरान । विरामीको अत्याधिक चापलाई मध्यनजर गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी विभाग विस्तार गरीएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले रिबन काटेर नयाँ इमरजेन्सी ब्लकको बुधबार उद्घाटन गरेका हुन् ।
उद्घाटनका बेला शिक्षाध्यक्ष प्रा. डा. गुरू प्रसाद खनाल, रजिष्ट्रार प्रा. डा. मोहन चन्द्र रेग्मी, अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह साथमा इमरजेन्सी तथा फेमली मेडिसिन विभागका प्रमुख प्रा. डा. ज्ञानेन्द्र मल्लको उपस्थिती रहेको थियो ।

नयाँ ब्लकमा २१ वटा बेडको क्षमता रहेको प्रा.डा. मल्लले जानकारी गराए । “कोभिडको दोश्रो लहरका बिच यस कुरालाई समेत मध्यनजर गर्दै हामीले २१ बेड क्षमताको इमरजेन्सी नयाँ ब्लक सुरू गरेका छौ जसमा दुईवटा बेडको छुट्टै आइसोलेसन रूम समेत रहेको छ । ” उनले भने, “हामीले मल्टि डिसिप्लिनरी अप्रोच अर्न्तगत इमरजेन्सीमा भर्ना भएका विभिन्न प्रकृतिका विरामीहरूलाई ट्राएज (एटिएस) गरी विरामीको स्वाथ्य स्थितिको आधारमा उपचार गर्नेछौं ।

यस उपचार पद्धती अनुसार विरामीहरुलाई आकस्मिक कक्षमा कार्यरत चिकित्सक लगायत सम्बन्धित विभागका विशेषज्ञ सहित रोगको गंभिर्यतालाई मध्यनजर गरि राय, सुझाव र उपचार पद्धती बारे छलफल गरिन्छ । त्यस पश्चात विरामीलाई सम्बन्धित वार्ड, आई.सि.यू. मा भर्ना गर्ने वा सामान्य उपचार र अवलोकन गरि डिस्चार्ज गर्ने निर्णय गरिन्छ । यसरी उपचार गर्दा होल्डमा राख्नुपर्ने विरामीहरूका सहजता लागी नयाँ ब्लकको थालनि भएको उनले बताए । नयाँ ब्लकको लागी आवश्यक जनशक्ति समेत तयार भईसकेको प्रा. डा. मल्लले बताए । नयाँ ब्लकको विस्तार संगै इमरजेन्सिमा फिक्स्ड बेड, एक्जामिनेशन टेवल र ट्रलि गरी जम्मा १ सय ७ वटा बेडको क्षमता भएको छ ।

कार्यक्रममा बोल्दै उपकुलपति गिरीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेर कार्यहरू अगाडी बढाएको बताएका थिए । “इमरजेन्सी भनेको कुनै पनि अस्पतालको मुहार हो । इमरजेन्सीमा तत्काल उपचार पाउनुपर्ने विरामीहरू आउने गर्छन् । यसलाई मध्यनजर गर्दै हामीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेका छौ ।” उनले भने, “इमरजेन्सीमा कुनै पनि समस्या आएमा तुरून्त समस्याको समाधानका लागी कार्यहरू अगाडी बढाइनेछ ।” कोरोना महामारीको दोश्रो लहरले भयावह स्थिती ल्याउन सक्ने बताउँदै त्यसको लडाँइका लागी समेत कार्ययोजना तयार भइसकेको उपकुलपति गिरीले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्