विराटनगरमा मोडुलर फर्निचर हाउस संचालनमा आउदै

<span class='c1'>विराटनगरमा मोडुलर फर्निचर</span> <span class='c2'>हाउस संचालनमा आउदै</span>

आर्कषित र भरपर्दो टिकाउका रुपमा उपभोक्ताको रोजाईका लागी विराटनगरमा आधुनिक सैलीबाट निर्मित फर्निचर हाउस संचालनमा आउने भएको छ ।

अन्तराष्ट्रिय रुपमा प्रचलित डिजाईन अनुसारको घर र कार्यलयहरुमा आवश्यक पर्ने फर्निचरका सामाग्री उपलब्ध हुने गरी विराटनगरमा मोडुलर फर्निचर हाउस संचालनमा आउने भएको हो । यस्ता फर्निचरहरुका भागहरु छुट्टा छुट्टै आउने गर्दछन् र सहजताका साथ ढुवानी गरि सजिलै जोडेर तयार पार्न सकिन्छ ।

विराटनगर ५ स्थित धरान रोडमा रहेको स्लिक किचनको माथिल्लो तलामा करिब २५ लाखको लगानीमा मोडुलर फर्निचर हाउस संचालनमा आउन लागेको हो । स्लिक किचनकै संचालक समेत रहेका विराटनगरका युवा व्यावसायी आशिष अग्रवालले संचालनमा ल्याउन लागेको फर्निचरको भोली बैशाख १० उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

फर्निचर हाउसमा घर र कार्यलयहरुमा आवश्यक पर्ने सबै किमिमका फर्निचरका सामाग्री उपलब्ध हुने मोडुलर फर्निचरका संचालक आशिष अग्रवालले जानकारी दिए । फर्निचर हाउसमा सबै किसिमको सामाग्री उपलब्ध हुने अग्रावालले बताए ।

यसअघि अग्रवालले आधुनिक शैलीको स्लीक किचन संचालनमा ल्याईसकेका छन् । आम उपभोत्ताको मागलाई मध्यनगर गर्दै घर र कार्यालयमा चाहीने सामाग्रीको पनि शोरुम ल्याएका छौं अग्रवालले भने, सबै सामाग्री एकै स्थानमा पाईने भएकाले उपभोत्तालाई झन्झट नहुनेमा विस्वास लिएका छौँ ।’ हामीले १५ बर्ष सम्म वारेन्टी सहित होम सर्भिसको समेत सेवा प्रदान गरेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्