दोश्रो लहरको कोरोना संक्रमण बढेसंगै बाँकेका कोभिड अस्पतालमा शय्या अभाव

<span class='c1'>दोश्रो लहरको कोरोना संक्रमण बढेसंगै </span> <span class='c2'>बाँकेका कोभिड अस्पतालमा शय्या अभाव</span>

बाँके

दोश्रो लहरको कोरोना संक्रमण बढेसंगै बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्ज स्थित भेरी अस्पताल र कोहलपुर स्थित शिक्षण अस्पताल भरिभराउ भएको छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताएअनुसार अस्पतालमा अहिले एउटा शैया पनि खालि छैन । अस्पतालले कोरोना सङ्क्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १४२ शय्या भरिएका छन् । गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको छ उनले भने ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत घर पठाउनुपर्ने बाध्यता रहेको बताए । साथै उनले सङ्क्रमण रोकथाम र सङ्क्रमित गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा शय्या अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने अवस्थाको सिर्जना भएको छ।

अहिले अस्पतालमा तीन गम्भीर प्रकृतिका बिरामीले आइसीयू शय्या पर्खेर बसेको कोभिडका बिरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर गएको अस्पताल प्रशासनले जानकारी दियो । सङ्क्रमित बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् ।

भेरी अस्पतालका फिजिसियन डा खगेन्द्रजङ्ग शाहले अहिले लक्षणसहितका सङ्क्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरु बढी रहेको बताए । उनि भन्छन् , परिवारका एक सदस्यलाई सङ्क्रमण पुष्टि भए अहिले प्राय सबैमा सङ्क्रमण देखिन थालेको छ ।

बाँकेका कोभिड सङ्क्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पतालमा शय्या थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्