भरुवा बन्दुकले हानेर हत्या

<span class='c1'>भरुवा बन्दुकले</span> <span class='c2'>हानेर हत्या</span>

ताप्लेजुङ । ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ जिदिमाका २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् । बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले उनको हत्या गरेका हुन् ।

घरमै बसिरहेको अवस्थामा बन्दुक लिएर पुगेका उनले खडकबहादुरलाई लक्षित गरेर बन्दुकको फायर खोलेका थिए । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल नखुलेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्