दुर्घटनामा संलग्नको छैन पहिचान, प्रहरीको सीसी क्यामेराको ‘सर्भरडाउन’

दुर्घटनामा संलग्नको छैन पहिचान, प्रहरीको सीसी क्यामेराको ‘सर्भरडाउन’

विराटनगर । बुढीगंगा गाउँपालिका–३ निवासी २६ वर्षीया मेनुका बुढाथोकी सवार साइकललाई बिहीबार विराटनगर आयाल निगम अगाडी मोटरसाइकलले ठक्कर दियो । आयाल निगमको एकसय मिटर दुरीमा पहिलो मोटरसाइकलले बुढाथोकी सवार साइकललाई ठक्कर दिएपछि सडकमा ढलेकी उनको देब्रे खुट्टा अर्को मोटरसाइकलले पेल्यो ।

उनको नोबेल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । देब्रे खुट्टामा चोट लागेका कारण आफ्नी श्रीमती हिँडडुल गर्न नसक्ने अवस्थामा रेहको श्रीमान् धिरज कार्कीले बताउनुभयो । तर, दुर्घटनापछि संलग्न सवारी र चालकको पहिचान भने खुल्न सकेको छैन । उनलाई कसैले उठाएर अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याउनेसँग समेत घाइतेका परिवारको सम्पर्क टुटेको छ ।

घाईतेका श्रीमान् कार्की दुर्घटनामा संलग्न सवारी र व्यक्तिको पहिचान हुनेमा ढुक्क थिए । विराटनगरका अधिकांश स्थान सीसी क्यामेराको निगरानीमा छ । दुर्घटना भएको स्थान नजिकैको पोलमा समेत सीसी क्यामेरा छ ।
क्यामेरा नजिकै रहेका कारण शुक्रबार घाइते भई उपचारतः श्रीमतीलाई नोबेलमै छोडेर कार्की जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा पुगेका थिए । उनले घटना विवरण प्रहरीमा लेखाईसकेका छन् । त्यहि आधारमा सीसी क्यामेराबाट दुर्घटनामा संलग्नको खोजि गरिदिन आग्रह गरेका हुन् । तर, पछिल्ला तीनदिनदेखि विराटनगरको बरगाछीदेखि ढाटसम्मको सीसी क्यामेराको कनेक्सन नै टुटेको भन्दै उनलाई फर्काइको छ ।
आफैं बुझ्न जाँदा प्रहरीले तीनदिनदेखि सर्भर डाउन भएको जवाफ दिएपछि कार्की झन् पीडा थपिएको सुनाउँछन् । यसैबेला सीसी क्यामेरा बिग्रेको छ भनेपछि मेरो होस्हवास उडेको छ, कार्कीले भन्नुभयो–सुरक्षा जस्तो संवेदनशिल क्षेत्रमा यति धेरै लापरवाहीपूर्ण काम किन गरिएको होला ?

मोरङका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गले बिहीबारको हावाहुरीका कारण कनेक्सन टुटेको बताउनुभयो । उहाँले बरगाछीमाथिको सर्भर रिकभर भईरहेको बताउँदै पीडित आफूसम्म आईनपुगेको दावी गर्नुभयो । जुनसुकै समयमा समेत आवश्यक पर्नेे सीसी क्यामेरा निगरानीलाई चुस्त बनाउनुपर्ने पीडितको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्