कोरोनाको दोश्रो लहर बढेसंगै अस्पताल नै जोखिममय बन्दै

कोरोनाको दोश्रो लहर बढेसंगै अस्पताल नै  जोखिममय बन्दै

काठमांडू

कोरोना सङ्क्रमण बढ्न थालेपछि अस्पतालको जनशक्तिमा समेत जोखिम बढेको छ । राजधानीको वीर अस्पतालमा कार्यरत छ जना चिकित्सकसहित १७ जना नर्स तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो । सङ्क्रमित हुनेमध्ये अधिकांशले पहिलो चरणको कोरोनाविरुद्धको खोप पनि लगाएका थिए ।

वीर अस्पताल कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले बताएअनुसार सङ्क्रमित मध्ये ६ जना चिकित्सक रहेका छन् । सबैभन्दा बढी कोभिड आईसीयूमा कार्यरत चिकित्सक, नर्सलाई कोरोना देखिएको जानकारी उनले दिए  । यस्तै फार्मेसीमा कार्यरत फर्मासिस्ट, पारामेडिक्ससमेतलाई कोरोना पुष्टि भएको छ ।

कोभिड फोकल पर्सन डा. कार्कीले तीमध्ये केही वीर अस्पतालमै उपचाररत रहेको बताउदै   वीर अस्पतालको कोभिड आइसोलेसन सेन्टरमा ३५ जना कोरोना सङ्क्रमित उपचारमा रहेका छन् । तीन जना भेन्टिलेटरमा र आठ जना आईसीयूमा रहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्