सीमानाका व्यवस्थित गर्न मन्त्री राईको आग्रह

सीमानाका व्यवस्थित गर्न मन्त्री राईको आग्रह

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न आग्रह गरेकी छिन् । भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री राईले आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई नाकामा कडाई गर्न आग्रह गरेकी हुन् ।

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाईएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गरिनुपर्नेमा जोड दिइन् ।

शसस्त्र प्रहरी वलका एसपी तिर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको दावी गरेका छन् । उनले शंकास्पदहरुको चेकजाँच गरि सम्बन्धित निकायमा जानकारी गराउने गरेको बताएका हुन् । खुल्ला सीमाका कारण आवत–जावतमा कडाई गर्न समस्या भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्