विराटनगर । कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–६ ठेगाना लेखाएर भर्ना भएका सुनसरी इनरुवाका ४८ वर्षीय अस्पाक आलमको शनिबार बिहान मृत्यु भएको हो ।
उपचार केन्द्रका निमित्त प्रमुख एपोलो भगतका अनुसार सुगरका बिरामी उनलाई बैशाख ३ गते भर्ना गरिएको थियो ।