खोटाङ । खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवास्थित मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् ।
बा३ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सह(चालक सिन्धुली घ्याङलेक गाऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको छ ।
दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाईएको छ । उक्त दुर्घटनामा अबरुद्ध भएको सडक दिउसो सँवा २ बजे लगाई दुर्घटना भएको बसलाई साईड लगाई बाटो सूचारु गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।