प्रकाश सपुतको नयाँ गितमा विराटनगरका रामभजन कामत

गायत प्रकाश सपुतको नयाँ गित 'मेरो पनि होईन र यो देश?' बोलको गितमा विराटनगरका रामभजन कामत पनि देखिनु भएको छ । विराटनगर घर भई हाल संस्कृति संस्थान (राष्ट्रिय नाच घर) कार्यरत कामत विशेषत नाट्य क्षेत्रमा दक्षता राख्नु हुन्छ । आरोहण गुरुकुल, मैथिलि नाट्य कला परिषदमा समेत आवद्ध कामत पछिल्लो समय नेपाली टेलिसिरियल सक्किगोनीमा रामभजन बुवा नामको पात्रका रुपमा देखिनु हुन्छ भने नाका, १२ नेपाली एक चिहान, हरिलगायतका चलचित्रमा उहाँको अभिनय देख्न पाईन्छ ।
गायक सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गर्नुभएको गितको भिडियोमा कामतले तराई मुलका काम गरिखाने नेपालीको भुमिका निर्वाह गर्नु भएको छ ।
नेपाली चलचित्र क्षेत्रले सँधै टिना फलाम बोक्नेहरुलाई हाँस्य पात्रको रुपमा प्रस्तुत गरेको बताउदै प्रकाश सपुतले त्यसो नगरेको रामभजन बताउनु हुन्छ । 'उनीहरुको वास्तविक मर्म अर्थात अनागरिकका रुपमा उनिहरुलाई गरिने व्यवहार कसैले उठाएनन् बरु राज्य र चलचित्र क्षेत्रले नै अनागरिकको व्यवहार गर्यो ।' उहाँले भन्नुभयो, 'यो भिडियोका कारण त्यस्ता व्यवहारमा कमि आउने विश्वास राख्दछु ।'

समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ । “नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ”, सपुतले भन्नुभयो, “हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।”

युट्युबको पहिलो ट्रेन्डिङ्गमा

गित सार्वजनिक भएको गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले आईतबार बिहानसम्म नौ लाख १८ हजार बढी भ्यूज बटुलिसकेको छ ।

राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको शुरुमा देखापर्छ । ‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ । आफ्नो समूहको प्रस्तुति दिन मञ्चस्थ हुनुभएका सपुत भन्नुहुन्छ, “हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट, हामी सबै जनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्यसभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पूरा भएको छैन र पनि देशको बिछट्टै माया लाग्छ, नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरु खोजेर मैले बनाएको हो यो समूह ।”
सपुतले आफँै रचेको गीतमा सङ्गीत पनि उहाँले नै दिनुभएको छ । मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उहाँलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् । “तत्काललाई प्रतिक्रिया राम्रै आएको छ, गीतमाथि विवेचना हुँदै जाला”, सपुतले भन्नुभयो, “गीत हाम्रै सामाजिक मनोदशाको एउटा चित्रण हो ।”
उहाँले देशका विभिन्न ठाउँमा पुग्दा कस्तो देशमा जन्मेछु भनेर आफैँलाई धिक्कार्ने, बरु ठूलो÷विकसित देशमा जन्मन पाएको भए पनि हुनेजस्ता गुनासो र कुण्ठामिश्रित कुरा सुन्नुपर्दा दुःख लाग्ने गरेको सुनाउनुभयो । अहिले पनि समाजमा दुःख, असमानता र विभेद कायमै रहेकाले त्यसको अन्त्य हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्