सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु

सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु

बिर्तामोड । झापाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे कमल गाऊपालिका ४ सितापुरी चौक स्थितमा प्र १–०१–०१२ प १६०२ नम्बरको मोटरसाईकलले सोही स्थानका ६ बर्षीय बालक निश्चल खड्का ठक्कर दिई घाईते बनाएको थियो । घाईते बालकको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको हो ।

त्यस्तै झापाको बिर्तामोड २ रामचौक स्थित पूर्व–पश्चिम राजमार्गमा मे१०प ५५२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा ९ का ३० बर्षीय सुमन थापा र पछाडी सवार अर्जुनधारा ७ की २७ बर्षीया सुसना राई घाईते भई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको थियो । घाईते मध्ये सुसनाको उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको थियो भने अर्का घाईते सुमनको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्