शिकार खेल्न गएका मोरङ केराबारीका हस्तबहादुरलाई गोली लागेर मृत्यु

शिकार खेल्न गएका मोरङ केराबारीका हस्तबहादुरलाई गोली लागेर मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिका वडा नं. ३ का हस्तबहादुर राईको शिकार खेल्न गएका बखत गोली लागेर मृत्यु भएको छ । मृतक हस्तबहादुरसहित गजेन्द्र राई र रुबिन लिम्बु सँगसँगै शिकार खेल्न गएका बेला गजेन्द्रले हानेको भरुवा बन्दुकको गोली लाग्दा उनको मृत्यु भएको हो ।

उनीहरु बैशाख ८ गते बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलतर्फ शिकार खेल्न गएका थिए । शिकार खेल्ने क्रममा हस्तबहादुरको कुममा गोली लागेर ज्यान गएको थियो । उनको मृत्यु भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोलि घटनास्थलमा पुगेको थियो ।

त्यस क्रममा भरुवा बन्दुक समेत बरामद गरेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गले बताउनुभयो । उनीहरु बेलुका ७ बजे शिकार खेल्न गएका बेला गोली लागेको थियो । घटनापछि प्रहरीले शिकार खेल्न गएका गजेन्द्र र रुबिनलाई नियन्त्रणमा लिई ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी थप अनुसन्धान कार्य भई रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्